४ आश्विन २०८३, आइतबार | September 21, 2026

कांग्रेस–एमाले समिकरण विरुद्ध कु-प्रचार जारी छः शंकर पोखरेल



काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक प्रचार भइरहेको बताएका छन । सत्ता समीकरण विरुद्ध जस्तोसुकै भ्रम फिँजाए पनि त्यस्ता शक्तिको अभीष्ट पुरा नहुने धारणा महासचिव पोखरेलले राखेका छन ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले कांग्रेस एमालेको सहकार्य रहर नभएर राजनीतिक परिस्थितिको उपज भएको उल्लेख गरेका छन । दुई ठुला राजनीतिक दल बिचको सत्ता समीकरणले त्यस्ता तत्त्वहरू विचलित भएको पोखरेलको ठम्याई छ ।

‘७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन्, उनीहरूले सत्ता समीकरणका विरुद्धमा जस्तोसुकै कु प्रयास गरे पनि तिनको अभीष्ट पुरा हुने छैन, हुन दिइने छैन किनकि सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो’, पोखरेलले लेखेका छन ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ९ : ५३ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन