३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

वामपन्थीहरुबीच ध्रुवीकरण गर्दै समाजवादी आन्दोलनको बाटोमा अगाडि बढ्नु अहिलेको दायित्व



बुटवल । जनयुद्ध दिवस मनाउने कार्यक्रममा सहभागी बक्ताहरुले दश वर्षे जनयुद्ध नै परिवर्तनको जग भएको बताएका छन् । तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा संचालित दश वर्षे जनयुद्धको ३०औं वार्षिक उत्सवको अवसरमा बिहिवार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र विप्लप नेतृत्वको नेकपा रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले जनयुद्ध नै गणतन्त्र लगायतका उपलब्धिको जग भएको बताएका हुन् ।

जनयुद्ध दिवसको अवसरमा आयोजित ‘जनयुद्धको उपलब्धि र सिमा’ विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले जनयुद्धको गर्भबाट नै गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता उपलब्धि प्राप्त भएको बताए । हजारौं सहिदको सहादतबाट प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादको बाटोमा अगाडि बढ्नु पर्नेमा उनीहरुले जोड दिए । टुक्रिएको माओवादी आन्दोलनलाई एकीकृत र समग्र वामपन्थी दलहरुको विचमा ध्रुवीकरण गर्दै संविधानले परिकल्पना गरेको समाजवादी आन्दोलनको बाटोमा अगाडि बढ्नु अहिले दायित्व रहेको वक्ताहरुको भनाइ छ ।

अन्तरक्रियामा बोल्दै विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य ‘वसन्त सी’ले दश वर्षे जनयुद्ध इतिहासले सुम्पेको महत्वपुर्ण अभिभारा भएको र सो अभिभारा माओवादी आन्दोलनले पुरा गरेको बताए । उनले जनयुद्धको गर्विलो इतिहासलाई तोडमोड गर्न केही प्रतिगामी तत्व लागिरहेको उल्लेख गर्दै नताले लडेर ल्याएको व्यवस्थामा बसेर महान जनयुद्धको अवमुल्यन गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले राजतन्त्रसहित सामन्तवादको समूल अन्त्य गरेको माओवादी आन्दोलन अहिले शान्ति र समृद्धिको नेतृत्व गरिरहेको दाबी गरे । उनले आजको जति पनि राजनीति, सामाजिक परिवर्तन भएका छन्, त्यसको आधार जनयुद्ध भएको बताए ।

कार्यक्रममा वामपन्थी बुद्धिजिवी दिल साहनी, घनश्याम पाठक, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष एवं बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेकपा एमालेका जिल्ला सहसचिव वाबुराम पन्थी, एकीकृत समाजवादीका जिल्ला इन्चार्ज नन्दराम बन्जाडे लगायतले जनयुद्ध नेपाली इतिहासको महत्वपुर्ण अंग रहेको बताउँदै यसका उपलब्धिको रक्षा र विकास गर्नु सबैको दायित्व हुने बताएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ९ : ०५ बजे

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम

असन्तुष्ट नेताहरूसँग सहकार्यका लागि जुनसुकै पद दिन तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका