२० माघ २०८२, मंगलबार | February 3, 2026

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ



नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी छन् । आज अपरान्ह ५ बजेको समयमा यनीमाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका वडा नं. ५, हुलासपुर्वा बस्ने जगबहादुर तेलीलाई पक्राउ गरिएको छ ।

मटेहियादेखि नरैनापुर जाने मोडमा आज करीब ५ बजेतिर जबरजस्ती करणी भएको र करणीबाट किशोरीको अत्यधिक रक्तश्राव भएको स्थानीयले बताएका छन् । स्थानीयले खबर गरे लगत्तै भगवानपुर ईलाका प्रहरी कार्यालयका प्रमुख टोपेन्द्र बुढामगरको नेतृत्वमा घटना स्थल पुगी युवतीलाई स्वास्थ्य उपचारको लागि भेरी अस्पताल पठाएको जिल्ला प्रहरी कायर्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक आकाश भुसालले बताए । करणी ष्रेर फरार भएका भनिएका तेलीलाई नरैनापुरबाटै पक्राउ गरिएको पनि भुसालले जानकारी दिए ।

रक्तश्राव भएको बिशोरीको भेरी अस्पतालमा उपचार भइरहेको जनाउँदै तेलीमाथि जबर्जस्ती करणी अभियोगमा अनुसनधान थालिएको प्हरीले जनाएको छ ।

बलात्कृत किशोरी नाबालक १५ वर्ष भएको स्थानीयले बताएपनि पक्राउ परेका तेलीलले महिलाको उमेर २० वर्ष बताएको प्रहरी स्रोतले दाबी गरेको छ । जाहेरीका साथ आउने कागजातबाट महिलाको उमेर पुष्टी हुने प्रहरी निरीक्षक भुसालले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ९ : ४२ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि