२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सुनगाभा सैनामैना गोल्डकप : आज नेपाल पुलिस र फर्साटिकर एफसी भिड्दै



बुटवल । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा विभागीय टोली नेपाल पुलिस र फर्साटिकर फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदै छ । सैनामैना-४ स्थित सैनमैना फुटबल रंगशाला मुर्गिमा दिउँसो २ बजेदेखि खेल हुनेछ ।

स्थानीय मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको उद्घाटन खेलमा आयोजकले गोर्खा ब्वाईज एफसीलाई पराजित गर्दै अघिल्लो चरण्मा प्रवेश गरेको छ । उसले १-० गोल अन्तरले गोर्खा ब्वाईजलाई पराजित गरेको थियो । सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले नगद ७ लाख पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्रापत गर्नेछ । यसैगरी उपविजेताले नगदर ४ लाख तथा अन्तिम चारमा पुग्ने अन्य २ समुहले समान ८० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतयोगितामा दुई विभागीय, एक भारतीय र आयोजकसहित १० टिमको सहभागिता रहेको खेल संयोजक अशोक खड्काले जानकारी दिए । प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोल कर्ता तथा उदयीमान खेलाडीले समान १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : २७ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन