२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सुनगाभा सैनामैना गोल्डकप : आज एपीएफ र अभिषेक चर्च रजहर भिड्दै



सैनामैनाम । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा विभागीय टोली एपीएफ नेपाल र अभिषेक चर्च रजहर नवलपुर बीच प्रतिस्पर्धा हुँदै छ । खेल सैनामैना ४ मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा दिउँसो ३ बजे हुने भएको हो ।

मुर्गिया फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता अन्तरगत मंगलबार फर्साटिकर क्लबले जीत हासिल गरेको छ । फर्साटिकरले नेपाल पुलिसलाई २-० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको २९ औं र दोस्रो हापफको ६४ औं मिनेटमा टिमका लागि फर्साटिकरका गणेश हमालले एक्लै २ गोल प्रहार गरि टिमलाई विजयी बनाउन सफल भए । फर्साटिकर क्लबका गणेश हमाल म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेको खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले नगद ७ लाख पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी उपविजेताले नगदर ४ लाख तथा अन्तिम चारमा पुग्ने अन्य २ समुहले समान ८० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा दुई विभागीय, एक भारतीय र आयोजकसहित १० टिमको सहभागिता रहेको खेल संयोजक खड्काले जानकारी दिए । प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोल कर्ता तथा उदयीमान खेलाडीले समान १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ८ : ०५ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन