२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सुनगाभा सैनामैना गोल्डकप : चितवनको हनामी बिएफसी र काठमाडौंको महावीर क्लब भिड्दै



बुटवल । रूपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपमा आज बिहीबार हनामी बिएफसी चितवन र महावीर क्लब काठमाडौं बीच प्रतिस्पर्धा खेल हुँदै छ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले बताएका छन् ।

मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशाला मुर्गियामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको छ । एपीएफलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै अभिषेक चर्च सेमिफाइनल प्रवेश गरेको छ । खेलमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका अभिषेक चर्च नवलपुरका जर्सी नम्बर ७ का खेलाडी सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०/४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । प्रतियोगितामा ए डिभिजन, नेपाल पुलिस र मोफसलका क्लब गरी १० टोलीको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : ५० बजे

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु