६ श्रावण २०८३, बुधबार | July 22, 2026

सप्तरीमा २ हजार २५१ किलोको गाँजा गोदाममा छापा, एक भारतीय पक्राउ



काठमाडौं । सप्तरी प्रहरीले लागुऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेको छ।

प्रहरीले राजविराज नगरपालिका-९ मठेलस्थित राजनारायण साहको गोदाम घरमा छापा मारेर २ हजार ४५१.५ किलो गाँजा बरामद गरेको छ।

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार फागुन १९ गते बिहान १० बजे साहको गोदाममा छापा मारी गाँजा बरामद गरेको हो।

यसक्रममा उक्त गोदाममा बस्दै आएका भारत बिहार राज्य मधुवनी ग्राम पञ्चायत कुकुरदौरा-१० का ६६ वर्षीय रामनारायण यादव पक्राउ परेका छन्।

यादव उक्त घरमा भाडामा बस्दै आएका थिए। उनलाई २१ गते दिउँसो ४ बजे गोदाम घरअगाडिबाट पक्राउ गरिएको खतिवडाले बताए।

सप्तरी प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी गाँजा ओसारपसार तथा भण्डारणबारे जानकारी दिएको छ।

प्रहरी उपरीक्षक खतिवडाले यादवले भारत तस्करी गर्ने प्रयोजनका लागि गाँजा भण्डारण गरेर राखेको बताए।

‘उनले कहाँबाट यति ठूलो परिमाणमा गाँजा जम्मा पारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘यो गाँजा भारत तस्करीका लागि राखिएको भन्ने हामीले बुझेका छौं।’

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : १० बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९