११ श्रावण २०८३, सोमबार | July 27, 2026

बाँकेमा थपिए ३९ नयाँ कोरोना संक्रमित



नेपालगन्ज । बाँकेमा बिहिबार ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट १० महिला र २९ पूरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बिहिबार थपिएका संक्रमितहरुमा नेपालगन्ज उपमहानगरबाट १४ जना छन् भने कोहलपुर नगरपालिकाका १९ जना छन् । त्यसैगरि भेरी अस्पतालका कर्मचरी ३ जना, जिल्ला प्रहरी कार्यालयका १ जना र बाँके बाहेक ठेगाना रहेका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

बिहिबार थपिएसँगै बाँकेमा जम्मा संक्रमितहरुको संख्या ११३४ जना पुगेको छ । बाँकेबाट ७७३ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ६ जनाको मृत्यु भएको छ । बाँकेमा अहिले ३४५ जना बिभिन्न आइसोलसनमा बसेर उपचार गराईरहेका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा संक्रमित थपिने क्रमसँगै डिस्चार्ज हुनेको संख्या पनि थपिँदै गएको छ । बिहिबार नै बाँकेबाट २४ जनाको डिस्चार्ज भएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ४ : ३३ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न