२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अमेरिकाले बुधबारदेखि चिनियाँ सामानमा १०४ प्रतिशत आयात कर लगाउने



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारदेखि चिनियाँ वस्तुहरूको आयातमा कुल १०४ प्रतिशत आयात कर लगाउने तयारी गरेका छन् ।

राष्ट्रपति ट्रम्पकी ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उक्त घोषणा गरेकी हुन् । ट्रम्पले गत बुधबार चीनविरुद्ध ३४ प्रतिशत पारस्पारिक आयात कर लगाएपछि चीनले पनि त्यसको जवाफमा अमेरिकालाई ३४ प्रतिशत आयात कर लगाएको थियो ।

चीनले आफ्नो देशविरुद्ध प्रतिशोधात्मक कर लगाएपछि रिसाएको अमेरिकाले अर्को ५० प्रतिशत आयात कर थप्दै समग्रमा चीनविरुद्ध १०४ प्रतिशत आयात कर लगाउन लागेको सीएनएनले जनाएको छ ।

यसअघि चिनियाँ वाणिज्य मन्त्रालयले चिनियाँ आयातमा थप ५० प्रतिशत कर लगाउने निर्णय गल्तीमाथि अर्को गल्ती भन्दै कडा विरोध गरेको थियो । मन्त्रालयले अमेरिकी निर्यातमा कर लगाउने प्रतिबद्धता दोहोर्‍याएको छ । लिभिटको यो घोषणपछि मंगलबार बिहान बढेको अमेरिकी सेयर बजारमा फेरि गिरावट आएको थियो ।

“चीनजस्ता देशहरूले प्रतिशोध राखेर अमेरिकी श्रमिकहरूप्रति गरिएको दुर्व्यवहार बढाउने गल्ती गरिरहेका छन्,” लिभिटले भनिन्, “राष्ट्रपति ट्रम्पसँग स्टीलजस्तो मेरुदण्ड छ, उनी कसैसँग झुक्दैनन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : १७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार