२५ श्रावण २०८३, सोमबार | August 10, 2026

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’



काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्रा परेको भन्ने खबरलाई प्रहरी प्रधान कार्यालयले खण्डन गरेको छ । प्रसाईंलाई पक्राउ गरेर नेपाल ल्याईँदै गरेको खबर सार्वजनिक भएसँगै प्रहरीले प्रािईलाई पक्राउ नगरेको जनाएको छ ।

भारतको आसाममा पक्राउ गरेर नेपाल ल्याउँदै गरेको सूचना बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले ‘हालसम्म प्रसाईं पक्राउ नपरेको’ जनाएको हो ।

नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) दिनेशकुमार आचार्यले प्रेस विज्ञप्ति प्रकाशित गर्दै विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको स्पष्ट पारिएको छ । विज्ञप्तिमा हालसम्म प्रसाईं पक्राउ नपरेको भन्दै भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन अनुरोध समेत गरिएको छ ।

पक्राउ परेको सूचना आएलगत्तै प्रसाईंको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको स्टाटस पोष्ट गरेको थियो ।

 

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ५ : ०३ बजे

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो