२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने



वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले संघीय सरकारलाई जानकारी गराउनु पर्ने भएको छ ।

यदी यसो गरिएन भने एलियन दर्ता ऐन अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई डिपोर्ट तथा जेल सजायलगायत हुने छ।

ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लाभेटका अनुसार अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले संघीय सरकारमा दर्ता गर्नुपर्ने नियम लागु भएको छ। उनका अनुसार जरिवाना, जेल वा दुवै सजाय हुन सक्ने बताएकी छन्।

क्यारोलिनले भनिन्, ‘राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैं यदि तपाईंले दर्ता गर्नुभएन भने तपाईंलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नु हुने छैन।’

उनका अनुसार अमेरिकी गृह सुरक्षा विभागले गत अप्रिल ११ मा प्रेस विज्ञप्ति जारी गर्दै सबै विदेशी नागरिकलाई यस ऐन अन्तर्गत दर्ता गर्न आदेश दिइएको छ ।

जसअनुसार प्रिल ११, २०२५ सम्म ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताको प्रमाण बिना अमेरिकामा उपस्थित रहेका विदेशी नागरिकहरूलाई अप्रिल ११ बाट तुरुन्तै दर्ता गर्न भनिएको छ भने अप्रिल ११, २०२५ मा वा त्यसपछि अमेरिका आउने विदेशी नागरिकहरूलाई उनीहरूको आगमनको ३० दिन भित्र दर्ता गर्न भनिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : १८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले