काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आव्हान गरेका छन्।
हिजो बसेको मन्त्रि परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १ ०० बजे दुवै सदनको बैठक आव्हान गरेका हुन्।
संसदको वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्ने कार्यसूची हुन्छ । शिक्षकहरुले उठाउँदै आएको माग समेत समेटेर शिक्षा ऐन यही अधिवेशनबाट पारित गर्ने तयारी सरकारले गरेको छ ।


















प्रतिक्रिया