६ श्रावण २०८३, बुधबार | July 22, 2026

सार्वजनिक स्थलमा गोली पड्काउने ४ युवक पक्राउ

१९ ग्राम बढी ब्राउनसुगर सहित महिला पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले सार्वजनिक स्थलमा गोली पड्काउने ४ जना युवकलाई पक्राउ गरेको छ । नेपालगन्जका बिभिन्न स्थानमा खुलम्खुल्ला पेस्तोलबाट गोली चलाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेपालगंज १ बस्ने ४० वर्षिय विश्व विजय पोख्रेल, नेपालगन्ज १८ बस्ने ३० वर्षिय विशाल आउजी, नेपालगन्ज ४ बस्ने २१ वर्षिय अस्मित मल्ल र २० वर्षिय को सौगात श्रेष्ठ रहेका छन् ।

उनीहरुले गत शुक्रबार नेपालगन्ज १२ मा रहेको नमस्ते दोहरीबाट वाहिर निस्की साथमा बोकेको पेस्तोलवाट गोली पड्काई बा ४ च ३०७१ नं को कार चढेर नेपालगन्ज १८ विशालनगर चोकमा भैरहेको नाईट क्रिकेट प्रतियोगितामा पुगी खेल भइरहेको स्थानमा हुल हुज्जत गर्दै खुकुरी देखाएर खेल भइरहेको स्थानमा उपस्थित मानिसहरुलाई आतंकित बनाउनुका साथै पेस्तोलबाट पुनः गोली पड्‌काई भागेको प्रहरीले जनाएको छ ।

घटना भए लगत्तै पिछा गर्दै गएको प्रहरी टोलीले कोहलपुर १० हाई स्कुलबाट ४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएकोबाँके प्हरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए ।

प्रहरीले आजै ठूलो मात्रामा ब्राउनसुगरसहित एक महिलालाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउदै गरेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ कि ३४ वर्षीया पुष्पा लोनियालाई प्रहरीले १९ ग्राम २ मिलिग्राम ब्राउनसुगरिहित पक्राउ गरेको हो ।

पुष्पालाई शंका लागेर जाँच गर्दा उनले बोकेको झोलामा ब्राउनसुगर फेला परेको प्रहरी प्रवक्ता डीएसपी पातलीले बताए ।

लागु औषधिका कारोबारीले महिलालाई भरिया बनाउने गरेको छ । पक्राउ परेकी पुष्पाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ४३ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना