२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा नयाँ आन्दोलनको तयारीमा छौं : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक वर्गलाई समाज परिवर्तनको आधार र विकासको प्रणेता भएको उल्लेख गरेका छन् ।

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए । उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समिक्षा आवश्यक रहेको धारणा व्यक्त गरे । उनले ठेकेदारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिकविरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे।

अध्यक्ष प्रचण्डले राम्रो काम गर्दा गर्दै सरकारबाट हट्नु परेको बताउँदै माओवादी नेतृत्वको सरकारबाट भएका राम्रा कामहरूको ब्याख्या गरे। उनले सामाजिक सुरक्षाको विस्तार, मिटर ब्याज पीडितको समस्या समाधान का लागि लिएको पहल कदमी, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा अन्तर्गत ल्याउने पहल लगायतका कार्यलाई श्रमजीवी वर्गको हितमा माओवाअदीले गर्न खोजेका उल्लेखनीय काम भएको बताए ।

“हामीले जनयुद्धमा श्रमिक वर्गसँग गरेको अपिल र उनीहरूको त्याग अनुसार काम गर्न सकेनौं कि भन्ने आत्मसमीक्षा गरेका छौं,” प्रचण्डले भने । उनले भ्रष्टाचारविरुद्धको संघर्ष, तराई मधेस लगायत का अभियान मा जनताको दुःख देखेर गरिएको आत्मसमीक्षा र जनता आफ्नो वर्ग सं ग को सम्बन्ध सुधारको अभियानलाई पार्टीभित्र गम्भीर रूपले अघि बढाइएको स्पष्ट पारे ।

झापादेखि कञ्चनपुरसम्म सञ्चालन गरिएको हुलाकी राजमार्ग केन्द्रित अभियानको प्रसंग उल्लेख गर्दै उहाँले जनताको घरघरमा पुगेर पीडा बुझेको र त्यही अनुभूतिका आधारमा माओवादी पार्टीले आफूलाई सुधारेर श्रमिक र किसानको असली पार्टी बनाउने दृढता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले “राम्रो काम गर्दा गर्दै बिचौलियाको घरमा मध्यरातमा सेटिङ गरेर सरकारबाट हटाउन बाध्य पारियो तर हामी जनतासँग छौं, वर्गसँग छौं,” भन्दै जनताको पक्षमा संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा नयाँ आन्दोलनका लागि तयार रहन आग्रह गरे ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ३ : ३८ बजे

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदबाट हटाइएका छन् ।

माइतीघरमा भूमिहीन सुकुम्बासीको प्रदर्शन

काठमाडौं । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले जबरजस्ती उठीबास र

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९

रास्वपा ‘लोकप्रियतावाद र भ्रमको राजनीति’ मा आधारित अराजक जमातको गठजोड : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा