२० माघ २०८२, मंगलबार | February 3, 2026

संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य



पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण सम्पदा र स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को आज उद्घाटन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकता दिएको बताए ।

‘घुम्न जाऔँ बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ जस्ता कार्यक्रम यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । उनले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्ने क्रममा रहेको जानकारी दिए ।

यसैगरी, मुख्यमन्त्री आचार्यले धार्मिक आस्था, नैतिक आचरण र संस्कृतिको संरक्षणमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै समाजमा बढ्दो अराजकताको अन्त्यका लागि असल संस्कार, संस्कृति र मूल्य–मान्यताहरूको जगेर्ना गर्नुपर्ने खाँचो औँल्याए ।

“मुलुकमा अराजकता छाइरहेको छ । अराजकता छाउनुको पछाडिको एउटा कारण भनेको हामीले धर्म, नैतिकता र संस्कृति भुल्यौँ । यिनै कारणले आजका युवाहरू अराजकतातिर धकेलिएका छन्,” मुख्यमन्त्री आचार्यले भने, “हामीले धर्म र संस्कृतिको संरक्षण गर्न जरुरी छ । त्यसैलाई आत्मसात् गरी प्रदेश सरकारले यी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाएको हो ।”

मुख्यमन्त्री आचार्यले ऐतिहासिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबाट समृद्धिको यात्रा तय गर्न सकिने धारणा राखे । लुम्बिनी प्रदेश तपोभूमि भएको उल्लेख गर्दै उनले प्रदेशअन्तर्गतका जिल्लाका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व दर्शाउँदै रुरुक्षेत्रको शालग्रामलाई विश्वजगत्मा पुर्‍याउन सकिने र धार्मिक पर्यटकहरू भित्र्याउन सक्ने आधार रहेको स्पष्ट पारे ।

उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पाणिनि ऋषिको जन्मस्थलसहित संस्कृत व्याकरण लेखनस्थान पाणिनि तपोभूमिलगायत प्रदेशभित्रका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई एकापसमा जोड्ने गरी बृहत् योजना अघि बढाएको जानकारी दिए ।

नेपालका चार प्रमुख धार्मिक धामहरूमध्येको रुरुक्षेत्रमा ‘शालग्राम दिवस’ को अवसर पारेर पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो ।

ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण रुरुक्षेत्रमा आयोजना गरिएको महोत्सवबाट स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारसहित पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । विविध धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने कार्यक्रमहरू समावेश गरिएको सो महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ६ : ३१ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र