२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

इंग्ल्यान्डले जित्याे एक खेलअगावै टी-ट्वान्टी सिरिज



एजेन्सी । अस्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितेको छ ।

आइतबार राती भएको दोस्रो खेलमा पाहुना टोली अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो ।

साउथह्याम्पटनमा अस्ट्रेलियाबाट पाएको १ सय ५८ रनको चुनौती इंग्ल्यान्डले १८ ओभर पाँच बलमा चार विकेट गुमाउँदा पूरा गर्‍यो ।

घरेलु टोलीलाई जिताउन जोस बट्लरले ५४ बलमा आठ चौका र दुई छक्काको सहयोगमा नटआउट रहँदै ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यसैगरी, डाविड मालनले ४२ रनको योगदान गरे भने ६ बलमा एक चौका र एक छक्कासहित मोइन अली १३ रनमा नटआउट रहे ।

अस्ट्रेलियाका एस्टन अगरले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिए भने मिचेल स्टार्क र एडम जाम्पाले १र१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको गुमाउँदै १ सय ५७ रनको चुनौती प्रस्तुत गरेको थियो । उसका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कुस स्टोनिसले ३५ रन जोडेका थिए । यसैगरी, ग्लेन म्याक्सवेलले २६ र एस्टन अगरले २३ रन बनाए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले दुई तथा जोफ्रा आर्चर,मार्क उड र आदिल राशिदले एकरएक विकेट हात पारे । यी दुई टोलीबीचको तेस्रो खेल मंगलबार साउथह्याप्टनमै हुने छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ७ : ०० बजे

स्याङ्जामा ‘एक सामुदायिक वन-एक पोखरी’ अभियान

वालिङ । स्याङ्जामा ‘एक सामुदायिक वन-एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

बोगोटा । पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा फर्किए सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको