१० श्रावण २०८३, आइतबार | July 27, 2026

धनुषामा उपचार गराउन आएका सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु



जनकपुरधाम । सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार राति ८ बजे धनुषामा उपचार गराउन आएका सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार दिउँसो ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तत्कालै आकस्मिक कक्षमा राखी स्वाब संकलन गरेर उपचार शुरु गरिएको पुरुषको आइतबार राति मृत्यु भएको हो ।

पुरुषको मृत्यु हुनुअघि साँझ ५ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको झाले बताए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  १० : ५० बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले