४ पुस २०८२, शुक्रबार | December 19, 2025

धनुषामा उपचार गराउन आएका सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु



जनकपुरधाम । सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार राति ८ बजे धनुषामा उपचार गराउन आएका सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार दिउँसो ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तत्कालै आकस्मिक कक्षमा राखी स्वाब संकलन गरेर उपचार शुरु गरिएको पुरुषको आइतबार राति मृत्यु भएको हो ।

पुरुषको मृत्यु हुनुअघि साँझ ५ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको झाले बताए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  १० : ५० बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ