२९ पुस २०८२, मंगलबार | January 14, 2026

रुपन्देहीमा ‘एक घर, एक स्काउट’



तिलोत्तमा । बालबालिकालाई अनुशासित र नैतिकवान बनाउने ध्येयले नेपाल स्काउट लुम्बिनी प्रदेशद्वारा आयोजित एकहप्ते तालिम यहाँ सुरु भएको छ ।

बुटवल माविमा सुरु भएको सो तालिमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभासदस्य लीला गिरीले आफू सहित समाजलाई नैतिकवान बनाउने कुरामा स्काउटले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, “ व्यक्ति नैतिकवान र चरित्रवान भएमा मात्र समुन्नत र समृद्ध समाज बन्छ । ” कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देही प्रमुख माधव बञ्जाडेले स्काउटका गतिविधि सबै विद्यालयमा पु¥याइ विद्यार्थीको सामाजिक र व्यावहारिक जीवनमा परिवर्तन ल्याउन आग्रह गरे ।

नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य तथा मुख्य प्रशिक्षक विजेन्द्रलाल ध्वजूले सम्पूर्ण सामुदायिक विद्यालयमा स्काउट हुन जरुरी रहेको बताए । कार्यक्रममा बुटवल माविका प्रधानाध्यापक होमबहादुर रायमाझीले स्काउटका माध्यमबाट बालबालिका अनुशासित बन्नेमा जोड दिए ।

कार्यक्रममा प्राडा आरसि आचार्य, रुपन्देही व्यापार सङ्घ कोषाध्यक्ष मणि खनाल , नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य तथा मुख्य प्रशिक्षक सुशीला कुमारी विष्ट, प्याब्सन पूर्व अध्यक्ष लालहरि पाण्डेलगायतले स्काउटको महत्वमाथि प्रकाश पारेका थिए । लुम्बिनी प्रदेश स्काउट प्रमुख आयुक्त तथा कार्यक्रमका अध्यक्ष दिनानाथ भट्टराईले एक घर एक स्काउट बनाउने गरी स्काउट अघि बढेको जनाउँदै स्वार्थभन्दामाथि उठेर स्काउटले समाज सेवा गर्दै आएको बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  २ : ०३ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत