४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले नेताहरूको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी आज चीन जाँदै



काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज उत्तरी छिमेकी देश चीन प्रस्थान गर्दैछिन् ।

शनिबार राति चाइना साउदर्न एयरलाइन्सको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उनी चीनको राजधानी बेइजिङ जान लागेकी हुन । उनी भोलि बिहान विहान ११ः५ बजे राजधानी बेइजिङमा पुग्नेछिन् ।

पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।

पुर्व राष्ट्रपति भण्डारीले दुईवटा कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन । जसअनुसार चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने सोमवारको संवाद कार्यक्रम र शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा गरी दुईवटा कार्यक्रममा प्रमुख अतिथिका हैसियतमा सम्बोधन गर्नेछिन । सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका उच्च पदस्थ पदाधिकारीका बीचमा उनको भेटघाट हुनेछ ।

उनको टोलीमा उधोग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी, नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रिय सल्लाहकार गोमा देवकोटा, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनसहित १४ जनाको टोली हुनेछ ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  ८ : ०० बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१