२४ श्रावण २०८३, आइतबार | August 9, 2026

माओवादी केन्द्र र नेसपाबीच आज एकता हुँदै



काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच सोमबार पार्टी एकीकरण हुँदैछ । ललितपुरको ग्वार्को खरिबोटस्थित एक ब्याङ्क्वेटमा बिहान साढे ११ बजे एकता घोषणाको कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल समाजवादी पार्टी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको थियो । तत्कालीन अध्यक्ष महिन्द्र राय यादव एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नै नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गरेका थिए ।

२९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ९ : १६ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको