१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कोरोना भाइरसलाई हल्का ढङ्गले नलिऔँ : उपप्रमुख आचार्य



रुपन्देही । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले कोरोना भाइरस सङ्क्रमणलाई हल्का ढङ्गले नलिन नगरवासीहरुलाई आग्रह गरेकी छिन ।

कोरोना भाइरस सङ्क्रमित भइ होम आइसोलेशनमा बसेर निस्किएका बुटवल–१३ जितगढीका रुद्रप्रसाद आचार्यको परिवारलाई आज डिस्चार्ज पत्र प्रदान गर्दै उपप्रमुख आचार्यले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गरीन । “कोरोना भाइरस संक्रमण भयो भने सोचेंजस्तो सहज हुँदैन यो सक्रमितहरुले अनुभव गरेका छन । त्यसैले सावधानी अपनाउन जरुरी छ ”, उनले भनिन ।

उच्च मनोवल राखेर कोरोना विरुद्ध लडेका आचार्य परिवारलाई बधाई दिदै उनले सङ्क्रमितहरुलाई माया र हौँसला दिएर वडाले प्रशंसनीय काम गरेको उल्लेख गरीन ।

उपप्रमुख आचार्यले संक्रमण नहोस् भनेर सावधानी आपनाउँदा अपनाउँदै पनि कोरोना लाग्न सक्ने भएकाले आफन्त, छिमेकी र टोलवासीले सहयोग र सहकार्यको भावना राख्नुपर्ने बताइन ।

बेलबोट टोल समितिका अध्यक्ष विष्णु केसीले अहिले कोरोना संक्रमणका समयमा मात्र नभइ टोलवासीलाई परेका कुनै पनि समस्यामा सबै एकजुट भएर साथ दिने गरेको बताए ।

कोरोना संक्रमण निको भएपनि समाजमा घुलमिल हुन गाह्रो नहोस् भन्ने उद्धेश्यले स्थानीयवासीले सामाजिक दूरी कायम गरी आचार्य परिवारलाई पुष्पगुच्छासहित स्वागत गरिएको सामाजिक अगुवा दिपक पन्थीले जानकारी दिए ।

समुदाय स्तरमा कोरोना भाइरस संक्रमण बढेसँगै कोरोना संक्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा भने होम आइसोलेशनमा बसेर निस्किएका परिवारलाई पुष्पच्छासहित बधाई तथा शुभकामना दिने गरिएको छ ।

शनिबार बुटवल–११ नहपुरका तारा अर्यालको परिवार पनि पुष्प गुच्छासहित शुभकामना दिइएको थियो । कोरोना भाइरस सङ्क्रमित भइ होम आइसोलेशनमा बसेर निस्किएका अर्यालका परिवारलाई वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले डिस्चार्ज पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ७ : ३० बजे

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा