२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कोरोना भाइरसलाई हल्का ढङ्गले नलिऔँ : उपप्रमुख आचार्य



रुपन्देही । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले कोरोना भाइरस सङ्क्रमणलाई हल्का ढङ्गले नलिन नगरवासीहरुलाई आग्रह गरेकी छिन ।

कोरोना भाइरस सङ्क्रमित भइ होम आइसोलेशनमा बसेर निस्किएका बुटवल–१३ जितगढीका रुद्रप्रसाद आचार्यको परिवारलाई आज डिस्चार्ज पत्र प्रदान गर्दै उपप्रमुख आचार्यले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गरीन । “कोरोना भाइरस संक्रमण भयो भने सोचेंजस्तो सहज हुँदैन यो सक्रमितहरुले अनुभव गरेका छन । त्यसैले सावधानी अपनाउन जरुरी छ ”, उनले भनिन ।

उच्च मनोवल राखेर कोरोना विरुद्ध लडेका आचार्य परिवारलाई बधाई दिदै उनले सङ्क्रमितहरुलाई माया र हौँसला दिएर वडाले प्रशंसनीय काम गरेको उल्लेख गरीन ।

उपप्रमुख आचार्यले संक्रमण नहोस् भनेर सावधानी आपनाउँदा अपनाउँदै पनि कोरोना लाग्न सक्ने भएकाले आफन्त, छिमेकी र टोलवासीले सहयोग र सहकार्यको भावना राख्नुपर्ने बताइन ।

बेलबोट टोल समितिका अध्यक्ष विष्णु केसीले अहिले कोरोना संक्रमणका समयमा मात्र नभइ टोलवासीलाई परेका कुनै पनि समस्यामा सबै एकजुट भएर साथ दिने गरेको बताए ।

कोरोना संक्रमण निको भएपनि समाजमा घुलमिल हुन गाह्रो नहोस् भन्ने उद्धेश्यले स्थानीयवासीले सामाजिक दूरी कायम गरी आचार्य परिवारलाई पुष्पगुच्छासहित स्वागत गरिएको सामाजिक अगुवा दिपक पन्थीले जानकारी दिए ।

समुदाय स्तरमा कोरोना भाइरस संक्रमण बढेसँगै कोरोना संक्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा भने होम आइसोलेशनमा बसेर निस्किएका परिवारलाई पुष्पच्छासहित बधाई तथा शुभकामना दिने गरिएको छ ।

शनिबार बुटवल–११ नहपुरका तारा अर्यालको परिवार पनि पुष्प गुच्छासहित शुभकामना दिइएको थियो । कोरोना भाइरस सङ्क्रमित भइ होम आइसोलेशनमा बसेर निस्किएका अर्यालका परिवारलाई वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले डिस्चार्ज पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ७ : ३० बजे

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट