१३ पुस २०८२, आइतबार | December 28, 2025

प्रतिनिधिसभाको बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित



काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगन गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुका बीचमा बैठक सञ्चालनका लागि सहमति नजुटेपछि ३ः१५ का लागि सारिएको थियो । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि बिहीबार १ बजे बस्नेगरी सूचना टाँस गरिएको संसद् सचिवालयले जनाएको छ ।

भिजिट भिसा विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायतले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएका छैनन् । मङ्गलबार पनि प्रतिपक्षी दलहरुले आफ्नो अडान कायमै राखेपछि बैठक आजका लागि सरेको थियो ।

आजको बैठकमा यहि जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आव २०८२/८३ को बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ४ : २४ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,