२९ माघ २०८२, बिहिबार | February 12, 2026

आइसिसी विश्वकप क्रिकेट लिग-२ : स्कटल्याण्डविरुद्ध नेपाल दुई रनले स्तब्ध



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डविरुद्ध नेपाल दुई रनले पराजित भएको छ । स्कटल्याण्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३२१ रन बनाउन सक्यो ।

नेपालका लागि भीम सार्की, सोम्पाल कामी र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । भीमले ८५ बलमा आठ चौका सहित ७३ रन बनाएका थिए । उनले आठ चौका प्रहार गरे । यस्तै सोम्पालले पनि ४४ बलमा तीन चौका र चार छक्कासहित ६७ रन बनाए । दीपेन्द्रले ५६ रन बनाए । ५१ रनको सामना गरेका ऐरीले दुई चौका प्रहार गरे ।

यस्तै आरिफ शेखला ५५ बलमा पाँच चौकासहित ३९ रन बनाएर आउट भएका थिए । गुल्शन झा ११ रनमा आउट भएका थिए । त्यस्तै ओपनर कुशल भुर्तेल १७, आसिफ शेख ८, कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भएका थिए ।

स्कटल्याण्डका लागि म्याकेन्जी जोन्सले तीन तथा माइकल लीस्कले दुई लिए ।

यसअघि स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनाएको थियो ।

स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । उनले बेरिङ्टनले ११४ बलमा छ चौका र चार छक्काको सहयोगमा १०२ रनको शतकीय पारि खेले ।

चार्ली टेयरले ६५ बलमा नौ चौकाको सहयोगमा ६८ रन जोडे । त्यसैगरी, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ११ : ४२ बजे

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा