७ आश्विन २०८३, बुधबार | September 23, 2026

आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेदरल्याण्ड्सले जित्यो टस, सोमपाल र गुल्सनले सिरिजका सम्पूर्ण खेल गुमाउने



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालविरुद्ध नेदरल्याण्ड्सले टस जितेको छ । स्कटल्याण्डको डन्डीमा टस जितेर नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डसले बलिङ रोजेका हुन् ।

नेदरल्याण्ड्सले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको छ । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो । त्यस्तै नेपाली टीमका दुई भरपर्दा अलराउन्डर सोमपाल कामी र गुल्शना झा घाइते भएका छन् ।

भ्रमणको अन्तिम खेलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्नुअघि प्रशिक्षण दौरान यी दुई खेलाडी घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो ।

क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ । त्यसैले यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको बाँकी खेल र त्यसपछिको टी-२० आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने भएका छन् ।

सोमपालले स्टटल्यान्ड विरुद्धको म्याचमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका थिए । स्कटल्यान्डले दिएको ३२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा डग्मगाएको नेपालको ब्याटिङलाई सम्हाल्दै उनले जित नजिक पुर्याएका थिए । आठौं नम्बरमा आएर ४४ बलमा ६७ रन हाने पनि सोमपालले खेल जिताउन भने सकेनन् ।

गुल्शनले पनि पहिलो म्याचमा स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित दिलाउन ब्याटबाट महत्वपूर्ण योगदान दिएका थिए ।

आईतबार घरेलु टोली स्कटल्याण्डसँग खेलेको नेपाली टोलीमा ३ परिवर्तन भएको छ । आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको स्थानमा नन्दन यादव, बसिर अहमद र अनिल शाहले मौका पाएका छन् ।

नन्दन यादबको यसै खेलबाट नेपालको लागि ओडिआई डेब्यु गरेका छन् । गत महिना मात्र नन्दनले टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडिआई खेल्ने ४२औं खेलाडी हुन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : २५ बजे

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

लुम्बिनी प्रदेशका केही स्थान अतिभारी वर्षाको जोखिममा : बाँकेमा यस्तो छ जोखिम न्यूनीकरणको पूर्वतयारी

नेपालगन्ज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै

एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज