२२ भदौ २०८३, सोमबार | September 7, 2026

बाँकेबाट अहिले सम्मकै ठूलो संख्या कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज गरिँदै



नेपालगन्ज । बाँकेबाट बुधबार अहिले सम्मकै ठूलो संख्या एकै दिन ७७ जना संक्रमित कोरोनामुक्त भएर घर फर्कने भएका छन ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज घर फर्कनेहरुमा पश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा कार्यरत नेपाली सेनाका ५१ जना, भेरी अस्पतालमा कार्यरत एक डाक्टर र दुई नर्स, नेपाल टेलिकमका ८ कर्मचारी र अन्य स्थानिय गरी ७७ जना डिस्चार्ज हुन लागेका हुन ।

भाद्र १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरु जिल्लाका बिभिन्न आईसोलेशनमा उपचार गरिरहेका थिए । आईसोलेट भएका ब्यक्तिहरुमा १४ दिनसम्म कोरोनाको कुनै पनि लक्षण नदेखीएपछि डिस्चार्ज गर्न लागिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

योसँगै बाँकेबाट कोरोनामुक्त भई डिस्चार्ज हुनेको सँख्या ९१५ पुगेको छ । ३४९ जना अहिले पनि आईसोलसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ९ : ३३ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा