२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपालगन्जबाट १०६ ग्राम बढी ब्राउन सुगर सहित १ जना पक्राउ



नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज-१ प्रगतिटोलबाट १०६ ग्राम बढी ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-१ प्रगति टोलका २९ वर्षीय चुनचुन पासी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पासीबाट १०६ ग्राम ९८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

प्रगतिटोलमा हिंडिरहेका पासीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त परिमाणको ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका पासीलाई हिरासतमा लिएर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : ३१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार