४ पुस २०८२, शुक्रबार | December 19, 2025

विनयी खोलाको डाइभर्सन बाढीले बगायो



काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन प्रभावित भएको छ । गएरातिको वर्षाले विनयी खोलाको डाइभर्सन बगाएपछि त्यहाँबाट गाडी सन्चालन हुन सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता एवम् डिएसपी मधु नेपालका अनुसार डाइभर्सनभन्दा माथिबाट पानी बगिरहेकाले त्यहाँबाट गाडी चलाउन सम्भव छैन । त्यसैले मालबाहक बाहेक यात्रुबाहक बस र साना गाडीहरु होङ्सी सिमेन्टको गेट हुँदै, सर्दि गाउँ हुँदै दुम्किबास बजार निस्किने गरेका छन् ।

तर, दुम्किबास दाउन्नेको उकालो उक्लिन ती गाडीहरुलाई पनि समस्या भइरहेको छ । दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सन्चालनमा समस्या भएको हो । त्यसैले दुम्किबास क्षेत्रमा पनि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

धेरैजसो सवारी साधनहरु, अरुणखोला, दुम्किबास र होङ्सीगेटतर्फ रोकिएका छ्रन् । त्यहाँ करिब दुई सय सवारी साधनहरुको लाइन लागेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन दाउन्ने खण्डमा गाडी फस्ने समस्या देखिएको छ । त्यस्ता ठाउँहरुमा प्रहरीहरु खटाइएको छ । उनीहरुले स्काभेटर अपरेटरलाई बाटो सम्याउन लगाउने र गाडी पास गराउने कोसिस गरिरहेका छन् । दाउन्ने खण्डमा सवारी साधनहरु बल्ल-बल्ल पास हुन सकेका छन् । घण्टौंसम्म जाममा बस्नुपर्दा सवारी साधनका चालक, सहचालकदेखि सयौं यात्रुहरु समस्यामा परेका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ४० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको