१ पुस २०८२, मंगलबार | December 16, 2025

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध



काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको छ । अन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासस्थित विनयी खोलामा आएको बाढीले निर्माण गरिएको अस्थायी डाइभर्सन पुनः बगाएको हो ।

हिजो दिउँसो बनाइएको डाइभर्सन गएराति परेको वर्षासँगै आएको बाढीले बगाएपछि सडक पूर्ण रूपमा ठप्प भएको हो । यस क्षेत्रको विनयी खोलामा पानी परेपछि पटक-पटक डाइभर्सन बग्ने समस्या दोहोरिँदै आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, डाइभर्सन मर्मतका लागि इन्जिनियरसहितको टोली खटाइएको छ । पानीको वहाव क्रमशः घट्दै गएकाले दिउँसोसम्म गाडी चलाउन सकिने गरी मर्मत कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ५८ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच