९ चैत्र २०८२, सोमबार | March 23, 2026

खजुरा गाँउपालिकाले ल्यायो ८५ करोड ७२ लाखको बजेट, १२ प्राथमिक लक्ष्य र उद्देश्य (पूर्णपाठ)



खजुरा । खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजार ५७१ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले आव ०८२/८३ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् ।

सभामा बजेट प्रस्तुत गर्दै उनले चालु खर्च तर्फ ६८ करोड १२ लाख ५९ हजार ३७१ र पुंजिगत तर्फ २७ करोड ५९ लाख ७२ हजार १९० बिनियोजन गरेकी छन् । बजेटमा विकास खर्चमा ३८ करोड १६ लाख ३१ हजार ५७१ प्रस्ताव गरिएको छ ।

कार्यक्रममा बजेट वक्तब्य पढ्दै उपाध्यक्ष मल्लले आर्थिक वर्ष २०८१/८२ को आन्तरिक राजश्वको अनुमान रु.३ करोड गरिएकोमा रु. १ करोड ८१ लाख मात्र संकलन भएको जानकारी दिइन् ।

खजुरा गाउँपालिकाको चालु आ.व.२०८१/८२ मा चालु तर्फ ५७ करोड १७ लाख २५ हजार ९ सय ०९ र पुजीगत तर्फ २० करोड ८३ लाख ६६ हजार ८ सय ४९ पैशा ५७ गरि कुल ७८ करोड ९२ हजार ७ सय ५५ पैशा ५७ कल विनियोजन भएकोमा हाल सम्म ६७ करोड ५२ हजार १ सय ९५ पैशा ६१ रकम प्राप्ती भएको उनले बताइन् । कुल अनुमानको ८५.८९ प्रतिशत प्राप्ती भएको उनले बताइन् । उनले आ.व.२०८१/८२ मा बजेटमा कुल बजेटको ९० प्रतिशत खर्च हुने संसोधन अनुमान गरिएको बताउँदै यस तर्फ गाउँपालिकाको सम्पूर्ण ध्यान केन्द्रित भएको बताइन् ।

उपाध्यक्ष मल्लले स्रोत साधनको समुचित परिचालन मार्फत खर्चलाइ उपलब्धिमुलक र नतिजामुलक बनाई समावेशी उच्च दिगो र फराकिलो आर्थिक विकास हासिल गर्ने चुनौती पालिका सामु रहेको उल्लेख गरिन् ।
पूर्णपाठ :

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : १३ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी