२९ मंसिर २०८२, सोमबार | December 15, 2025

इरानको आणविक केन्द्र नष्ट नभएको अमेरिकी गुप्तचरको मूल्याङ्कन



एजेन्सी । अमेरिकी सेनाले इरानका तीनवटा परमाणु स्थलहरूमा गरेको आक्रमणले देशको परमाणु कार्यक्रमका मुख्य संरचना नष्ट नगरेको अमेरिकी गुप्तचरको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ ।

उक्त रिपोर्ट अनुसार त्यहाँको संरचना एक महिनामा फेरि तयार हुन सक्नेछ । यो मूल्याङ्कन अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर संस्था डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) ले तयार पारेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी सेनाको केन्द्रीय कमाण्डले आक्रमणपछिको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरेपछि यो निष्कर्ष निकालिएको हो ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यालोलिन लेभिटले यसलाई अमेरिकी गुप्तचर निकाय र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असफल बनाउन गरिएको गलत प्रयास भनेकी छन् । उनले सामाजिक सञ्जालको पोस्टमा आफ्नो धारणा सार्वजनिक गर्दै यो रिपोर्ट गलत भएको दाबी गरेकी हुन् । यस मूल्यांकनको अस्तित्वलाई ह्वाइट हाउसले स्वीकारे पनि त्यससँग असहमति जनाएको समाचारमा उललेख छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ८ : ३२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार