१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

प्रधानमन्त्री ओलीको पार्टी सदस्यता नविकरण, पार्टी कार्यालय पुगेर लेबी र सदस्यता शुल्क बुझाए



काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता नविकरण गरेका छन् । एमाले केन्द्रीय कार्यालय, च्यासल पुगेर ओलीले शुल्क र लेबी बुझाउँदै सदस्यता नविकरण गरेका हुन् ।

एमाले केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर अध्यक्ष ओलीले तोकिए बमोजिमको लेवी र सदस्यता शुल्क बुझाएको एमालेले जनाएको छ ।

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रकम बुझेर रसिद बुझाएका थिए । एमाले नेता कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउने गरेका छन् । सांसदसहित पार्टीबाट लाभको पदमा नियुक्त भएकाहरुबाट एमालेले लेबी उठाउने गरेको छ ।

एमालेले सदस्यता शुल्क वार्षिक ३०० रुपैयाँ तोकेको छ । सदस्यता शुल्क सहित ओलीले लेबीबापत प्रति महिना २५ हजारका दरले १२ महिनाको ३ लाख बुझाएको जनाइएको छ । ओलीले लेबी र सदस्यता शुल्क गरेर कुल ३ लाख ३०० रुपैयाँ बुझाएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ४ : १२ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल