४ पुस २०८२, शुक्रबार | December 19, 2025

मुग्लिन नारायणगढ सडक : जोखिमपूर्ण ढुङ्गा हटाएपछि सडक सञ्चालन



चितवन । इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना-६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ः०० बजेसम्म बन्द गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार सो क्षेत्रमा सडकमाथि जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा सडक डिभिजन कार्यालयले व्यवस्थापन गरेको हो । ढुङ्गा व्यवस्थापनसँगै बर्षात्को समयमा हुनसक्ने जोखिम र दुर्घटनामा केही कमी आउने उनले बताए ।

बिहानदेखि सुरु गरिएको ढुङ्गा पन्छाउने काम दिउँसो ३ः०० बजे सम्पन्न भएसँगै नारायणगढ(मुग्लिन सडक पुर्णरूपमा सञ्चालनमा आएको प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार बन्द अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्न सडक डिभिजन र जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ४ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको