१० श्रावण २०८३, आइतबार | July 27, 2026

सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि, ७ जना सेना पनि संक्रमित



सिरहा । सिरहामा कारागारमा रहेका ५९ जना कैदीवन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना सिरहा कारागारका कैदीबन्दी हुन् ।

उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका छन् ।

यस्तै, सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीयबासिलाई पनि संक्रमण पुष्टि भएको यादवले बताए ।

पछिल्लो केही दिन यता सिरहामा कोरोना संक्रमण निकै बढेको छ । ३ दिनमा मात्रै १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

यससँगै सिरहामा संक्रमितको संख्या ६१० पुगेको छ । जसमध्ये ३५५ जना निको भएर घर फर्किएका छन् भने १० जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संखया २६५ रहेको छ ।

स्वास्थ्य कार्यालयले समुदायस्तरमै कोरोना संक्रमण फैलिएको अनुमान गरेको छ । संक्रमितहरु बढ्दै गएपछि अस्पतालहरुमा आइसोलेसन बेडको अभाव देखिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ११ : ४८ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले