२९ मंसिर २०८२, सोमबार | December 16, 2025

करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु



गुल्मी । गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

धुर्कोट गाउँपालिका–७ द्वानेटामा रहेको राष्ट्रिय प्रशारणलाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका घिमिरेको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा आज अपरान्ह मृत्यु भएको प्रहरी नायव उपरिक्षक सारुले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मी बितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयको कर्मचारी नभएको बताए । “उहाँ कार्यालयको कर्मचारी पनि होइन, ज्यालादारीमा पनि राखेको छैन, उहाँ किन पोलमा चढ्नुभयो जानकारी छैन,” उनले भने ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  २ : २३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको