३१ असार २०८३, बुधबार | July 15, 2026

करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु



गुल्मी । गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

धुर्कोट गाउँपालिका–७ द्वानेटामा रहेको राष्ट्रिय प्रशारणलाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका घिमिरेको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा आज अपरान्ह मृत्यु भएको प्रहरी नायव उपरिक्षक सारुले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मी बितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयको कर्मचारी नभएको बताए । “उहाँ कार्यालयको कर्मचारी पनि होइन, ज्यालादारीमा पनि राखेको छैन, उहाँ किन पोलमा चढ्नुभयो जानकारी छैन,” उनले भने ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  २ : २३ बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा