१० श्रावण २०८३, आइतबार | July 27, 2026

कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, बिहीबार थपिए १२ सय ४६ जना



काठमाडौं । नेपालमा निरन्तर उकालो लाग्दो क्रममा रहेको कोरोना भाइरसका संक्रमितको संख्या ५० हजार नाघेको छ ।

बिहीबार १२ सय २६ जना नयाँ संक्रमित थपिएसँगै यो संख्या ५० हजार नाघेको हो ।

११ हजार १ ४४ पीसीआर परीक्षणमा १२ सय ४६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या बिहीबार १४ हजार ४४८ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार १० रहेको छ । होम आइसोलेसनमा ६ हजार ४३८ जना रहेका छन् ।

१६५ जना संक्रमित विभिन्न अस्पतालको आईसीयूमा उपचाररत रहेका छन् । यस्तै २१ जना भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

बिहीबार देशभरबाट १८ सय १८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ३७ हजार ७०० जना संक्रमित निको भैसकेका छन् । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।

संक्रमित थपिने भन्दा संक्रमित निको हुने दर बढेको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ४ : २२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले