२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाँकेबाट ब्राउनसुगर सहित नेपाली सेनाका जवान सन्जु आले पक्राउ



नेपालगन्ज । बाँकेको बैजनाथबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित नेपाली सेनाका जवान पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका(२ घर भई हाल नेपाली सेनाको जग दल गण काठमाडौंमा कार्यरत सैनिक जवान २६ वर्षीय सन्जु आलेलाई प्रहरीले लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

आज अपराह्न लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोली र इलाका प्रहरी कार्यालय बनकटुवाको संयुक्त टोलीले सन्जुलाई १० ग्राम ६२७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधार ब्यूरोको टोलीसँगै रहेको बनकटुवा प्रहरीले सन्जुको घरभित्र रहेको जाँडको भाँडोमा राखिएको प्लास्टिक निकालेर तौल गर्दा १० ग्राम ६२७ मिलिग्राम ब्राउन सुगर फेला पारेपछि सैनिक जवान आलेलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डीएसपी लक्ष्मी खनालले बताइन् ।

सन्जुको साथबाट ब्यूरोको टोलीले ब्राउन सुगरसहित १ थान मोबाइल र नगद २ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ भने पक्राउ परेका सन्जुलाई आबश्यक कारबाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : २८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले