२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

टी-२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान



काठमाडौं । आईसीसी टी-२० विश्वकप इस्ट एसिया-प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार कुल नौ टोलीको सहभागिता रहने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ सहभागी हुनेछन् । तालिकाअनुसार अक्टोबर ८ देखि ओमानमा हुने प्रतियोगितामा नेपाल समूह-२ मा परेको छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् ।

प्रत्येक समूहमा तीन टिम रहने गरी सहभागी नौ टिमलाई आईसीसीले तीन समूहमा विभाजन गरेको छ । जसअनुसार समूह-१ मा यूएई, मलेसिया र कतार छन् । समूह-३ मा ओमान, पीएनजी र समाओ छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा अक्टोबर ८ मै कुवेतसँग खेल्नेछ । यसपछि नेपालले अक्टोबर १० मा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर-६ मा प्रवेश गर्नेछन् । जहाँबाट शीर्ष तीन टिमले सन् २०२६ मा आयोजना हुने ट्वान्टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  २ : ०९ बजे

बिहानै मदिराले मातेपछि…

बाजुरा । बूढीनन्दा नगरपालिका-६ कोटिलाका टेकेन्द्र र नीर रावतबीच स्थानीय

हात्तीको दाह्रासहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार

हुलाकमार्फत घरघरमै राहदानी

चन्द्रपुर । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका-१० छालिङमा भाडाको घरमा बस्दै आएका एक

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन