२२ चैत्र २०८२, आइतबार | April 6, 2026

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अनुगमन



काठमाडौँ । साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज पशुपतिनाथ मन्दिरसहित पशुपति क्षेत्रको अनुगमन गरेका छन् ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले अनुगमनका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरेका हुन् । उनले दर्शनार्थीसँग समेत कुराकानी गरे । दर्शनार्थीले छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएको प्रतिक्रिया दिएका थिए ।

यसपालिको साउनमा पहिलेभन्दा राम्रो व्यवस्था गरिएको भक्तजनको अनुभव छ । दर्शनका लागि निःशुल्क बस, लाइन व्यवस्थापन, सुरक्षालगायत सबै पक्ष व्यवस्थित देखिएको रामकोटबाट आएकी दर्शनार्थी रमा रिमालले जानकारी दिइन् । यसले अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज भएको छ ।

धार्मिक आस्थाका दृष्टिले साउन महिनाको सोमबार शिवको भक्तिका लागि विशेष दिन मानिन्छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

भक्तजनको सहज आवागमनका लागि चक्रपथ घुमेर आउने निःशुल्क रुपमा चार वटा बस सेवा सञ्चालनमा ल्याइएको छ । अनुगमनका क्रममा मन्त्री पाण्डेले शान्तिपूर्ण तथा अनुशासित रूपमा दर्शन गरिरहेका भक्तजनप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई सक्रिय रहन निर्देशनसमेत दिएका थिए ।

साउन महिनाभर प्रत्येक सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ । संस्कृतिमन्त्री पाण्डे सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा लगाइएको पितृमुक्ति ज्ञान महायज्ञसमेत सहभागी भएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : २५ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको