१ पुस २०८२, मंगलबार | December 16, 2025

राष्ट्रपतिसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घका प्रतिनिधिको भेट



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घको प्रतिनिधिमण्डलले भेट गरेको छ । महासङ्घका प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा आज भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याबारे जानकारी गराएको हो ।

उनीहरुले राष्ट्रियसभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्धभत्ता वितरणमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्ने, नागरिकताविहीन ज्येष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्नेलगायतका समस्या राष्ट्रपति पौडेलसमक्ष राखे ।

राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आफूले उक्त समस्या समाधानका लागि सकारात्मक पहल गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ६ : १३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज