१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मार्गदर्शन बहुउद्देश्यीय सहकारी भैरहवाबाट झण्डै ६ करोड हिनामिना गर्ने अशोक केसी पक्राउ



बुटवल । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर धनि तथा बचतकर्ताहरुको रकम हिनामिना गरेर फरार रहेका संस्थाका अध्यक्ष भक्तपुरबाट पक्राउ परेका छन् ।

संस्थाका शेयर धनि तथा बचतकर्ताहरुको पाँच करोड नब्बे लाख चौरासी हजार एक सय पैसठ्ठी रुपैया हिनामिना १६ महिनादेखि फरार रहेका संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरको ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।

दोलखा साविक डाँडाखर्क गा.वि.स. वडा नं. ७ हाल जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नं. ६ स्थायी ठेगाना भएका ३४ वर्षिय के.सी.लाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले प्रहरी बृत ठिमी भक्तपुरको सहकार्यमा पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । यसअघि प्रहरीले केसी विरुद्ध सहकारी ठगी तथा ठगी सम्बन्धी कसूर मुद्धामा मुद्धा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

पक्राउ परेका केसीलाई आजै रुपन्देही जिल्ला अदालतमा पेश गरी म्याद थप गराई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ९ : ३४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा