२९ असार २०८३, सोमबार | July 13, 2026

मार्गदर्शन बहुउद्देश्यीय सहकारी भैरहवाबाट झण्डै ६ करोड हिनामिना गर्ने अशोक केसी पक्राउ



बुटवल । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर धनि तथा बचतकर्ताहरुको रकम हिनामिना गरेर फरार रहेका संस्थाका अध्यक्ष भक्तपुरबाट पक्राउ परेका छन् ।

संस्थाका शेयर धनि तथा बचतकर्ताहरुको पाँच करोड नब्बे लाख चौरासी हजार एक सय पैसठ्ठी रुपैया हिनामिना १६ महिनादेखि फरार रहेका संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरको ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।

दोलखा साविक डाँडाखर्क गा.वि.स. वडा नं. ७ हाल जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नं. ६ स्थायी ठेगाना भएका ३४ वर्षिय के.सी.लाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले प्रहरी बृत ठिमी भक्तपुरको सहकार्यमा पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । यसअघि प्रहरीले केसी विरुद्ध सहकारी ठगी तथा ठगी सम्बन्धी कसूर मुद्धामा मुद्धा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

पक्राउ परेका केसीलाई आजै रुपन्देही जिल्ला अदालतमा पेश गरी म्याद थप गराई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ९ : ३४ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ । असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

म्याग्दी । बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’

बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर

बैंकक। थाइल्याण्डको राजधानी बैंककस्थित एक लोकप्रिय पबमा आइतबार मध्यराति भएको