१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन् । शुक्रबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।

सबै समितिका बैठक बिहान ९ देखि दिउँसो १ बजेको बीचमा सिंहदरबारस्थित समितिका बैठक कक्षमा बस्नेछन् । महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ ।

सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गर्ने कार्यसूची छ ।

यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदनमाथि छलफल हुनेछ ।

अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूका साथै विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ८ : ३६ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म