२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैलाई जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना व्यक्त गरेका हुन ।

“आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धन मनाउँछौँ । वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेँडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्”, प्रधानमन्त्री ओलीले लेखेका छन ।

प्रधानमन्त्री ओलीले जनैपूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षाबन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइने गरेको उल्लेख गरेका छन । “प्राचीन विद्वान्हरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मानस्वरुप ऋषि तर्पणी मनाइन्छ”, प्रधानमन्त्री ओलीले लेखेका छन ।

आज श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारणा गरेर मनाइँदै छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ११ : ५९ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२