११ माघ २०८२, आइतबार | January 25, 2026

राष्ट्रपति पौडेलसँग भारतीय विदेशसचिव मिश्रीको शिष्टाचार भेट



काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

आइतबार बिहान काठमाडौं आएका सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि शितलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन्।

भेटमा राष्ट्रपति पौडेलले भारतलाई उदाउँदो अन्तर्राष्ट्रिय शक्ति बताउँदै त्यसको सामाजिक–आर्थिक र प्राविधिक प्रगतिबाट नेपाल लाभान्वित हुँदै आएको र अझै बढी लाभ लिन चाहेको सन्देश दिएका छन्।

भारतीय पक्षले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको “छिमेक पहिलो” नीतिअनुसार नेपाल उच्च प्राथमिकतामा रहेको दोहोर्‍याएको छ । उसले समसामयिक कनेक्टिभिटी तथा विकास एजेन्डामा सहकार्य बढाउने संकेत गरेको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल यात्रा अन्तर्गत आज काठमाडौं आएका सचिव मिश्रीले कांग्रेस सभापति शेरबहादु देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र परराष्ट्रमन्त्री आरजु राणालाई पनि भेट गर्ने कार्यक्रम छ । मिश्री भोलि पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ३ : ०० बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)