२० मंसिर २०८२, शनिबार | December 6, 2025

टप एण्ड टी-२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दियो



काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ ।

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्‍यो । नेपालका लागि कुशल मल्लले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए ।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन, लोकेश बमले १६ बलमा २४ रन, भीम सार्कीले १७ रन तथा आरिफ शेख र रुपेश सिंहले समान १२–१२ रन जोडे ।

बलिङतर्फ मेलबर्नका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई-दुई विकेट लिए । हाल मेलबर्न रेनेगेड्स एकेडेमी लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङमा उत्रिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  १ : ५० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय