१५ माघ २०८२, बिहिबार | January 29, 2026

संघीय संसदका चार समितिको बैठक आज सिंहदरबारमा



काठमाडौं । संघीय संसद अन्तर्गत रहेका चारवटा संसदीय समितिका बैठक आज (सोमबार) सिंहदरबारमा बस्दैछन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदा विषयमा छलफल हुने कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे कानून समितिको सभाकक्षमा बस्नेछ । बैठकमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सम्बन्धमा सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावबारे छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । यस बैठकमा स्वास्थ्यसम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो साढे १२ बजे बस्नेछ । बैठकमा केरा व्यवसायी कृषकका समस्या सम्बन्धमा अर्थ, कृषि तथा पशुपक्षी विकास तथा उद्योग वाणिज्य मन्त्रालयका प्रतिनिधि र सरोकारवालासँग छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : ०६ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण