७ आश्विन २०८३, बुधबार | September 23, 2026

टिनको टहरा बनाएर सामान्य सेवा दिँदै नेपालगन्ज उपमहानगर



नेपालगन्ज । जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि टिनको टहरा बनाएर सामान्य सेवा सुचारु गर्ने भएको छ । भदौ २४ गते अपरान्ह आगजनी गरिएपछि जलेर ध्वस्त भएको नेपालगन्ज उपमहानगरपालिकाले भोली आइतबारदेखि टिनको टहरा बनाएर सामान्य सेवा सुचारु गर्ने भएको हो ।

कार्यालयको कर्मचारीले आगजनी भएको भोलिपल्टैबाट सरसफाई सुरु गरेका थिए ।

तत्काललाई टिनको टहरा बनाएर अस्थायी सेवा प्रवाह स्थल खडा गरेर सेवा सुचारु गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए । उनले सुरुका केही दिन सामान्य प्रकृतिको सेवा प्रदान गरिने जानकारी दिए ।

उपमहागरको स्वास्थ्य सेवा भने लगातार सुचारु रहेको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताए ।

आगजनीपछि क्षतिग्रस्त बाँकेका अन्य एक दर्जन बढी सरकारी कार्यालय भने अझै सेवा सुचारु गर्न सक्ने अवस्थामा छैनन् ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  २ : २५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज