१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

स्थापना दिवसको अवसरमा रक्तदान



बुटवल । तिलोत्तमा चेम्बर अफ कमर्सले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सातौं स्थापना दिवसको अवसर पारि कमर्सले मणिग्रामस्थित आफ्नै सचिवालयमा रक्तदान आयोजना गरेको हो ।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा सर्वसाधारण गरि ५० जनाले रक्तदान गरेको संस्थाले जनाएको छ ।

विगतका वर्षहरुमा रक्तदान, सरसफाई, विभिन्न आश्रमहरुमा सहयोग लगायतका कार्यक्रम सहित स्थापना दिवस मनाउने गरेकोमा यसवर्ष भने कोरोना संक्रमणको महामारीका विचमा रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको संस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवं रेडियो लुम्बिनीका अध्यक्ष दुजेन्द्र बस्नेतले रक्तदाताहरुलाई व्लड व्याग प्रदान गरि कार्यक्रमको शुभारम्भ गरेका हुन ।
सो अवसरमा बोल्दै बस्नेतले कोरोना संक्रमणका कारण मुलुकको व्यापार व्यवसाय धरासायी अवस्थामा पुगेको भएपनि सहज अवस्था आएपछि सुधार हुने विश्वास व्यक्त गरे ।
उनले सरकारले व्यापार, व्यवसाय, यातायात, उद्योग, कलकारखाना सबै खुल्ला गर्न लागेको भएपनि कोरोना संक्रमणको जोखिम नहटेको उल्लेख गर्दै नागरिक आफैले सावधानी अपनाएर दैनिक कामलाई सहज बनाउनुपर्ने बताए ।

सबै क्षेत्र खुल्ला भएको अवस्थामा नागरिकको सानो लापरवाहीले पनि कोरोना संक्रमणले महामारीको रुप लिन सक्नेतर्फ सचेत बन्नपनि आग्रह गरे ।
संस्थाका अध्यक्ष झविन्द्र प्रसाद कंडेलले विगतका स्थापना दिवसहरु भव्य रुपमा मनाउने गरिएको भएपनि अहिलेको जटिल अवस्थामा रक्तदान कार्यक्रम गरेर नै स्थापना दिवस मनाईएको बताए ।
उहांले अप्ठ्यारो अवस्था सधै नरहने भएकोले भोलिका दिन सहज बनेर आउने विश्वास व्यक्त गरे । संस्थाका महासचिव विष्णु बरालको संचालन तथा प्रथम उपाध्यक्ष बाबुलाल भुसालको स्वागतमा सम्पन्न भएको कार्यक्रममा रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्लीराज भण्डारी, सल्लाहकार नुमेन्द्र पौडेल, भगवती पाण्डे, नमस्ते नेपालका अर्जुन खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  २ : २६ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।