१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको छ, षड्यन्त्रको छानबिन हुनुपर्छ : केपी ओली



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको आन्दोलनमा घुसपैठकारीले उत्पात मच्चाएको आरोप लगाएका छन् । जेनजी आन्दोलनको बलमा १० दिनअघि सत्ताच्यूत भएका ओलीले सैनिक सुरक्षा घेराबाट बाहिरआएपछि पहिलोपटक औपचारिक सन्देश जारी गर्दै ओलीले आफ्नो धारणा राखेका हुन् ।

संविधान दिवसको अवसरमा जारी सन्देशमा ओलीले शान्तिपूर्ण भनिएको प्रदर्शनमा भएको हिंसाप्रति दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, “सरकारले प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले प्रहार भएको छ, यसको छानबिन हुनुपर्छ,” ।

ओलीले आफ्नो राजीनामापछि सिंहदरबार, नेपालको नक्सा र राजनीतिक दलका कार्यालयहरूमा आक्रमण भएको उल्लेख गर्दै यसलाई संविधान र सार्वभौमसत्तामाथिको ठूलो प्रहारका रुपमा चित्रित गरेका छन् । “यसका पछाडिको षड्यन्त्रबारे धेरै कुरा समयले आफैं बयान गर्नेछ,” ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

इतिहासमा भीम मल्लको मृत्युदण्डको प्रसङ्ग स्मरण गर्दै उनले असन्तोषलाई वास्तविकता भन्दा बाहिर विस्तार गर्दा पछुताउनु पर्ने अवस्था आउने चेतावनी दिएका छन् । उनले भनेका छन्, “सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो ।”

आन्दोलनका क्रममा मृतक युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको शुभकामना समेत व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले राष्ट्रिय एकताको आवश्यकता औंल्याएका छन् । ओलीले सात दशक लामो संघर्षपछि संविधानसभाबाट बनेको नेपालको संविधानलाई “नेपाली जनताले आफैंले आफ्ना लागि लेखेको भविष्यरेखा” भन्दै यसको रक्षा गर्न सबैलाई आह्वान गरेका छन् । संविधान जारी गर्दा नाकाबन्दी र सार्वभौमसत्तामाथि परेको चुनौतीलाई समेत नेपाली जनताले परास्त गरेको उल्लेख गर्दै उनले भनेका छन्, “नेपाललाई भूजडित बनाउन उत्तर–दक्षिण यातायात संरचना निर्माण गर्दै थिएँ, अर्थतन्त्र तंग्रदै थियो, सार्वभौमसत्ता बलियो बनाउँदै थियौं ।”

उनले सबै पुस्ताका नेपालीलाई एकताबद्ध भई संविधान र सार्वभौमसत्ताको रक्षा गर्न अपील गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : ४८ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई