८ बैशाख २०८१, शनिबार | April 20, 2024

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत



काठमाडौं । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्न भएको छ ।

सन २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएपनि कोभिडका कारण केही समस्या हुने देखिएको छ । यद्यपी अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ ।

विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, केबुल र लाइटिङका लगायतका कामहरु सम्पन्न भएका छन । माटो कटान र फिलिङ गर्नेकाम ९८ प्रतिशत सकिएको छ ।

गाडी गुड्ने रोड, एक्सेसस रोड र ट्रमिनल बिल्डिङको कामपनिअन्तिम चरणमा पुगेको छ । कार पार्किङको कामपनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।

निर्धारित समयभन्दा ६ महिना अघि नै काम सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना महामारी र लक डाउनका लागि चिनियाँ कामदार उतै रोकिएकाले धेरै समय काम हुन सकेको छैन ।

लकडाउनले २ सय चिनियाँ कामदार रोकिएकाले केही निर्माण कार्य केही पर धकेलिएको मुनाकर्मीले बताए ।

विमानस्थलमा अहिले २ सय ४४ चिनियाँ र १ सय १८ नेपाली कामदार रहेका छन । विमानस्थल निर्माण सामाग्रीको भने अभाव नरहेको उनले बताए ।

लकडाउन अघि नै आवश्यक सामाग्री चीनबाट ल्याइएको र केही सामान भारतीय कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेकाले निर्माण सामग्रीको अभाव नहुने आयोजनाले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ३ : २७ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले