काठमाडौं । धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।
असोज ७ गते आयोगमा दर्ता गरिएको निवेदनमार्फत उनले आफ्नो दलको नाम ‘श्रम संस्कृति पार्टी’ रहने जानकारी दिएका छन्। दलको अध्यक्षसमेत उनी स्वयं नै हुने उल्लेख छ।
आयोग स्रोतका अनुसार दर्ता प्रक्रियाअनुसार हाल कागजातहरू परीक्षण र रुजु गर्ने काम भइरहेको छ।
साम्पाङ धरानमा खानेपानी समस्या समाधानका लागि लामो समयदेखि चर्चामा रहँदै आएका छन् । उनले यही मुद्दामा स्वतन्त्र उम्मेदवारी दिएर मेयर पद जितेका थिए।
जेनजी आन्दोलनपछि नयाँ सरकार बन्ने क्रममा साम्पाङ काठमाडौं आएर आफुलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न पहल गरेका थिए । सुशीला कार्की प्रधानमन्त्री बनेपछि भने उनले गृहमन्त्रीको माग गरेका थिए । तर, कार्कीले उनलाई गृहमन्त्री नदिएपछि ‘मन्त्री बन्न भारतीय दूतावास धाउनुपर्ने रहेछ तर त्यो आफुले स्वीकार नगर्ने’ भन्ने अभिव्यक्ति सार्वजनिक गर्दै उनी धरान फर्किएका थिए ।


















प्रतिक्रिया